दफा ६०
धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्ने
बोर्डले देहायका अवस्थामा कुनै कम्पनी वा संस्थालाई धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछः– (क) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको प्रमाणित भएमा, (ख) त्यस्तो अनुमतिपत्रको लागि दिइने निवेदन साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संलग्न गर्नु पर्ने कागजात तथा विवरण वा बोर्डले तोकिदिएको अन्य कुनै कुरा संलग्न नगरेमा, (ग) दफा ५८ को उपदफा (२) मा उल्लिखित कुराहरुलाई हेर्दा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिन उपयुक्त हुने नदेखिएमा ।